Skip links

मिति २०७४ साउन ११ गते सम्पन्न ‘संझौतापत्र’को आधारमा तात्कालीन विवेकशील नेपाली दल र साझा पार्टीको बीचमा एकिकरण भएर विवेकशील साझा पार्टी निर्माण भएको थियो। पार्टी एकिकरणको अत्यन्त छोटो समयमा हामीले राजनीतिकरुपमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ। एकिकरणको संझौतापत्र तथा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको पूर्वसंन्ध्यामा हामीले हाम्रो सांगठानिक संरचनालाई निर्वाचन प्रयोजनको लागी ‘निर्वाचन क्षेत्रगत’ तदर्थ रूप दिएर समतल बनाएका थियौँ। निर्वाचन सम्पन्न भएपछि मात्र तहगत संरचनामा सङ्क्रमण गर्ने निर्णय गरेका थियौँ। निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा तहगत संरचनामा जानको लागी निम्नानुसार सांगठानिक संरचनाको परिकल्पना गरिएको छ।

This website uses cookies to improve your web experience.